ढाका कपडा तथा अल्लोका वस्तुको प्रदर्शनी स्थगित
नेपालखोज
२०७८ मंसिर २० गते १४:२८

काठमाडौ । आगामी पुसको पहिलो साता काठमाडौंमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन स्थगित गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा आगामी पुस २, ३ र ४ गतेसम्म प्रदर्शनी आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।
सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व उपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको असामयिक निधन भएकोल अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरिएको विज्ञप्तीमार्फत जनाइएको छ । प्रदर्शनीमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने महासंघ उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया