मंगलबार, वैशाख १६, २०८२

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, बाँडियो डस्टबिन

नेपालखोज २०७८ मंसिर २१ गते १८:०४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ ।

सहिद स्मारक पार्कमा आयोजित कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ का कार्यवाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरे ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, सामाजिक अभियन्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा हेटौंडा ११ का कार्यवाहक वडाध्यक्ष न्यौपानेले सबै मिलेर आ-आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफैं राम्रो हुने र विकासको गति बढ्ने बताए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई-कर्मस कार्ड, डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई-कर्मस कार्ड, डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।

प्रतिक्रिया