‘आशा’ मार्फत माइती नेपालसँग सहकार्य, महिलालाई रोजगार बनाइने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक,आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको छ । यस साझेदारीले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
यी महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्युटी पार्लरका साथ साथै एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ । महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ ।
कार्यक्रमको उद्घाटन अनुराधा कोइराला (माइती नेपालकी संस्थापक) र अम्लान मुखर्जी (युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक) ले स्थानीय समुदायका विज्ञहरूको गौरवमय उपस्थितिमा गरेका हुन् ।
प्रतिक्रिया