आइतबार, जेठ ६, २०८१

नेपाल लाइफको ‘समुन्नत जीवन योजना’

नेपालखोज २०७८ मंसिर २१ गते २०:२१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बिमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना प्रस्तुत गरेको हो । यो योजना मुनाफामा सरिक हुने सर्वाधिक जीवन बिमा हो ।

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माणलगायत निर्माण कार्यतिव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढिरहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेसाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेसा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना ल्याएको हो । यसरी बढी जोखिमयुक्त पेसामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना यहाँहरुमाझ ल्याएको हो ।

यस बिमा योजनाको मुख्य आकर्षण भनेको बिमा अवधि भित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमांक रकमको तेब्बर र आर्जित बोनसबीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो ।

यो बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बिमा लिन सकिनेछ भने १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बिमा शुल्क तिरेर बिमांक रकमबराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ । यो बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजारदेखि एक करोड रुपैयाँसम्मको बिमांक रकमको बिमा गर्न सकिनेछ ।

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजनामा वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा एक प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्ने तरिका लिँदा तीन प्रतिशत थप र मासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप-घट हुने छैन ।

बिमालेख चालु रही बिमा अवधि समाप्त मितिसम्म बिमित जीवित रहेमा बिमा अवधि समाप्तिको अन्त्यमा बिमांक रकम प्लस आर्जित बोनस एकमुष्ट बिमितलाई भुक्तानी दिइनेछ । बिमालेख चालु रही बिमा अवधिभित्र जुनसुकै कारणबाट (बिमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बिमितको मृत्यु भए दुईगुणा बिमांक रकम प्लस आर्जित बोनस एकमुष्ट बिमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ । बिमा अवधिभित्र बिमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमालेखमा उल्लेख भएको तीन गुणा बिमांक रकम प्लस आर्जित बोनस रकम एकमुष्ट बिमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

यदि बिमालेख निरन्तरता दिन नसक्ने अवस्था आए वार्षिक तीन किस्ता बिमा शुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । वार्षिक तीन किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भए पश्चात बिमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया