चौबीस घण्टा थप २८० जनामा संक्रमण पुष्टि, ३६६ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोा चौबीस घण्टामा देशभरका अस्पतालहरुबाट ९ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा २५५ जना र ३ हजार ६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप २५ जना गरी कुल २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ । त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३६६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ५ हजार ५७१ जना पुगेको छ ।
त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५४७ पुगेको छ ।
नेपालमा गत चौबीस घण्टामा देशभर थप २ लाख ८३ हजार १३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया