भारतीय रक्षामन्त्रीले हेलीकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिँदै
नेपालखोज
२०७८ मंसिर २३ गते ९:५०

दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज भारतीय रक्षा प्रमुख सवार हेलीकप्टर दुर्घटनाबारे संसदमा जानकारी दिने भएका छन् । भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जना सवार हेलीकप्टर दुर्घटनामा परी निधन भएपछि रक्षामन्त्रीले संसदलाई जानकारी दिन लागेका हुन् ।
सेनाध्यक्ष रावतको शब आज साँझसम्म दिल्ली ल्याउने तयारी रहेको भारतीय संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनको अन्तिम शंस्कार भोलि गरिने जनाइएको छ । सेनाध्यक्ष रावतसहित १३ जनाको भएको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, सेनाका अधिकारी तथा पूर्व अधिकारीहरुले समेत दुख व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया