नेता रिजालद्वारा महामन्त्री पदका लागि उम्मेद्वारी घोषणा
नेपालखोज
२०७८ मंसिर २४ गते १०:४१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् ।
शुक्रबार बिहान नेता रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेद्वारी घोषणा गर्दै पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताएका हुन् ।
काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा उनले सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।
सम्बन्धित
प्रतिक्रिया