सोमबार, जेठ ६, २०८२

सुनचाँदीको भाउ सामान्य घट्यो

नेपालखोज २०७८ मंसिर २४ गते ११:३४

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मुल्य सामान्य घटेको छ । छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य पनि एक सय रुपैयाँ घटेको छ । तेजावी सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मुल्य १५ रुपैयाँ घटेको छ । चाँदी आज ११ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया