‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै, पहिलो खेलमा हिमालयन शेर्पा र एनआरटी भिड्ने
नेपालखोज
२०७६ फागुन २ गते ८:०७
२ फागुन, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलम शुक्रबार आज तीन खेल हँदैछन् । सबै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
पहिलो खेलमा बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम एनआरटीसँग खेल्दा दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।
अन्तिम खेलमा दिउँसो साढे ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । जारी लिगको अन्तिम खेल शनिबार भोलि दशरथ रंगशालामा हुनेछ ।
दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ ।
जारी लिगमा अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो, मनाङ्ग २५ अंकसहित तेस्रो र थ्रीस्टार २३ अंकसहित चौथो स्थानमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया