शनिबार, वैशाख १३, २०८२

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ सय ८६ पुग्यो, ६५ हजार बढी संक्रमित

नेपालखोज २०७६ फागुन २ गते ८:२५

एजेन्सी । चीनमा माहामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको छ । भने ६५ हजार बढी संक्रमित भएका छन् ।

बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ । कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक एक जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ । अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् ।

हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

प्रतिक्रिया