सोमबार, जेठ ६, २०८२

नाइजेरियामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

नेपालखोज २०७८ मंसिर २७ गते २१:३२

लागोस । नाइजेरियाको उत्तरपूर्वी बाउची राज्यमा आइतबार तीव्र गतिमा गुडेको बस र ट्रकमा आपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

कानो–जामारे राजमार्गको बम्बल गाउँमा साँझ ७ बजे उक्त दुर्घटना भएको हो । बसमा सवार सबै १६ यात्रुले दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

‘ट्रकमा ठोक्किएपछि बसमा आगो लागेको थियो । नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः अत्यधिक यात्रु चाप, खराब सडक र लापरवाह ड्राइभिङको कारणले हुने गरेको बताइन्छ ।

प्रतिक्रिया