एमसीसीविरुद्ध संसद् भवनबाहिर प्रदर्शन

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ ।
आज सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतका घटकहरुको आह्वानमा एमसीसीको विरोध गर्दै संसद् भवन बाहिर प्रदर्शन गरिएको हो ।
दजनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिदैनँ देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गरलगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए ।
एमसीसीको विरोध गर्दै सडकमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको छ भने केही युवाहरुको समुहलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नो एमसीसी लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरका थिए ।
प्रतिक्रिया