‘सरकार हलिया, कमैया र हरुवा–चरुवाको न्याय गर्न प्रतिबद्ध छ ’

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् । कृषि बधुवा मजदुर अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भुगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनस्र्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताए ।
श्रेष्ठले पछाडी पारिएका वर्ग समुदायको उत्थान र रोजगारीसँग जोडिएका बिषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए । उनले आवश्यकता, रुची र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आयआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।
साथै उनले बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताए । सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने बताए । एमाले सांसद शान्ता चौधरीले कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाएकाहरु मुक्त भएपछि पनि न्यायिक पुनःस्थापना प्रभावकारी हुन नसकेको बताए ।
प्रतिक्रिया