समता शैक्षिक गुठीलाई प्रभु लाइफको आर्थिक सहयोग
नेपालखोज
२०७८ मंसिर २९ गते १६:१४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसर पारेर वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि योगदान गर्ने कार्यक्रम संचालन गरेको छ । यस उद्देश्य अन्तर्गत कम्पनीले नेपालका सबै जिल्लामा करिव ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रुपैयाँ रकम सहयोग गरेको छ ।
कार्यक्रममा विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, विद्यार्थी तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीका व्यवस्थापन समूहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया