बैंक अफ काठमाण्डू २८औं वर्षमा प्रवेश

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि साधरण सभाले स्वीकृत गरेको छ ।
सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पूँजीको चार प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले ९१ शाखा कार्यालय, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया