आइतबार, वैशाख १४, २०८२

कोरोना भाइरसको शंका गरिएका भनिएका ३ नेपालीमा संक्रमण नभएको पुष्टी

नेपालखोज २०७६ फागुन २ गते १७:१०

काठमाण्डौ । चीनबाट फर्किएका ३ नेपालीमा भाइरस संक्रमण नभएको पुष्टी भएको छ ।

गत बुधबार कोरोना भाइरस सं‌क्रमको आशंकामा उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।

उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभएको पाइएको अस्पतालले बताएको छ ।

उनीहरुमा कोरोना भाइरस संक्रमण हुँदाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पताल भर्ना गरे पनि परीक्षणको क्रममा पुष्टि नभएको अस्पतालले बताएको छ । कोरोना पुष्टी नभएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

यसैबीच एक हप्ता अगाडि अस्पतालबाट भागेका भनेका साउदी अरेबियन नागरिक बिरामी नभई कुरुवा अस्पतालले जनाएको छ । भागेको व्याक्तिको साथीलाई कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएको थियो । संगै आएका साथी बिरामी भएपछि ती नागरिक अस्पतालमा कुरुवा बस्न पुगेका थिए ।

प्रतिक्रिया