बुधबार, वैशाख १७, २०८२

‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त

नेपालखोज २०७८ पुष १ गते २०:३८

काठमाडौं । छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र नायक हमाल सँग सम्झौता गरे ।

हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार–प्रसार गर्नेछन् । कार्यक्रममा मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्व राख्ने बताए ।

आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । ‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक बर्षमा तीन सय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको बताएकोछ ।

बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।

‘साथी मार्ट’ को यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको पनि सिइओ पोखरेलले बताए । आफूहरुले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै पोखरेलले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पुर्‍याउने लक्ष्य बोकेको बताए ।

प्रतिक्रिया