शनिबार, वैशाख १३, २०८२

मालीमा विद्रोहीको आक्रमणमा परि २१ सर्वसाधारणको मृत्यु

नेपालखोज २०७६ फागुन ३ गते ८:१७

एजेन्सी । अफ्रिकन देश मालीमा भएको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको छ । हतियारधारी विद्रोहीहरुले गाउँमा आक्रमण गरेर स्थानीयको हत्या गरेको बताइएको छ ।

आक्रमणकारीले स्थानीयको हत्या गरे लगत्तै गाउँमा आगजनी गर्नुका साथै लुटपाट समेत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । गत मार्चमा भएको आक्रमणमा पनि एक सय ५० जनाको मृत्यु भएको थियो ।

पश्चिमी अफ्रिकाको सेहल क्षेत्रमा फैलिएको जातिय हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायले चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया