बाढीका कारण इराकमा १२ जनाको मृत्यु
नेपालखोज
२०७८ पुष ५ गते १५:२८

बग्दाद । अत्यधिक वर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ ।
बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको समाचारमा जनाइएको छ ।
त्यसैगरी खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् । गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिश क्षेत्रमा भारी बर्षा भएको थियो । घटनास्थल राजधानी बग्दाददेखि ३७५ किलोमिटर टाढा पर्दछ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया