ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ
नेपालखोज
२०७८ पुष ५ गते १५:४४

दार ए सलाम । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।
यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजेटिभ भएका बताइएको छ ।
यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए । उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचरमा जनाइएको छ ।
उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको छ । उनीहरु बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहका थिए ।
त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरु खेल्न नपाएको बताइएको छ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया