आइतबार, जेठ ५, २०८२

कांग्रेस केन्द्रीय सदस्य कर्णालीबाट बुढा, शाह र सिंह निर्वाचित

नेपालखोज २०७८ पुष ६ गते २१:५६

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला) दुई पदमा राजीव विक्रम शाह २ हजार ८२० र कर्णबहादुर बुढा २ हजार २ सय मत मतका साथ निर्वाचित भएका छन् ।

सो पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हृदयराम थानी भने एक मतले मात्र पराजित भएका छन्। थानीले २ हजार १९९ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सो पदका अन्य उम्मेदवार दीनबन्धु श्रेष्ठले १ हजार ५४६ र नारायणप्रसाद भट्टराईले ३६० मत प्राप्त गरेका छन् ।

त्यसैगरी केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला) एक पदमा जानकी सिंह २ हजार ६२४ मतका साथ निर्वाचित छ । उनका एक मात्र प्रतिस्पर्धी उम्मेदवार मैना कार्की रावलले १ हजार ९५५ मत प्राप्त गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया