मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो, ८ बेपत्ता
नेपालखोज
२०७८ पुष १० गते १०:५७

काक्वालालम्पुर । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् ।४१ जना मृत्यु भएकामध्ये २५ जना सेलांगोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा भएको त्यहाँका प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दु्ल्लाह सानीले जनाएका छन् ।
मलेसियाको मौसम विभागले आज (शनिबार) पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो । तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया