भारतमा कोराना खोपसम्बन्धी नयाँ योजनाको घोषणा
नेपालखोज
२०७८ पुष ११ गते ९:३७

नयाँ दिल्ली । भारत सरकारले ६० वर्षभन्दा माथि उमेरका सवै नागरिकलाई बुस्टर डोज खोप दिने भएको छ । आगामी सन् २०२२, १० जनवरीदेखि सवै स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिइनेछ । यस्तै ६० वर्षमाथिका सबैलाई बुस्टर डोज खोप दिइने जनाइएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले १५ वर्षदेखि १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने जनाएका छन् ।
कोरोनाभाइरस हराएको छैन भन्दै उनले अहिले ओमिक्रोनको नयाँ संक्रमण बढेको बढेकाले थप सजग हुन देशबासीमा आग्रह गरेका छन् । भारतमा क्रिसमस र पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको जन्मदिनको अवसरमा कोभिडबारे नयाँ अभियान घोषणा गरिएको मोदीले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया