आइतबार, जेठ ५, २०८२

कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुन: रात्रिकालीन निषेधाज्ञा

नेपालखोज २०७८ पुष १२ गते १४:१३

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रमित विरामीको संख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागु हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । पछिल्लो चाैबीस घण्टामा दिल्लीका २९० थप व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।

उक्त संख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो चाैबीस घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय संक्रमितको संख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ संक्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएका बताइएको छ । रासस/एएनआई

प्रतिक्रिया