संसारका उत्कृष्ट १२ रेस्टुरेन्ट !

वर्ष २०२१ का उत्कृष्ट ५० रेस्टुँरा कुन् होलान् जहाँ खानेकुराका पारखीहरुले पुग्नै पर्ने हुन्छ । वास्तवमा यो सूचीमा पर्न सफल धेरैजसो रेस्टुँरा युरोपमा छन् । यो सूचीमा दक्षिण अमेरिका र एसियाका केही मात्र रेस्टुँरा सामेल हुन सकेका छन् । यो वर्षको वर्ल्ड्स फिप्टी बेस्ट रेस्टुँरेन्टसको अवार्ड फन्क्सन बेल्जियमको एन्टवर्प सम्पन्न गरिएको थियो ।
१. नोमा , कोपेनहेगन, डेनमार्क
डेनमार्कको राजधानी कोपेनहेगनस्थित नोमा रेस्टुँरा यो सूचीको पहिलो स्थानमा छ । नोमा पाँचौंपटक यो सूचीको शीर्ष स्थानमा पर्न सफल भएको हो । नोमा नयाँ-नयाँ नर्डिक व्यञ्जनका लागि सुपरिचित छ ।
२. जेरेनियम, कोपेनहेगन , डेनमार्क
उत्कृष्ट ५० रेस्टुँराको सूचीको दोस्रो स्थानमा पनि डेनमार्ककै रेस्टुँरा छ । कोपेनहेगनको यो जेरेनियम रेस्टुँरा मौसमी व्यञ्जनका लागि चिनिन्छ । सी फुड मन पराउनेहरुका लागि यो एउटा फेबरेट प्लेस हो । खानेकुराका सौकिनहरुले यहाँ १६ किसिमका कोर्सको मेन्युको विकल्प प्राप्त गर्छन् ।
३. असडोरे चेबारी, एटक्सोन्डो, स्पेन
असडोरे चेबारी रेस्टुँरा स्पेनको एट्क्सोन्डो इलाकामा अवस्थित छ । यहाँ ३० किसिमको परिकार उपलब्ध हुन्छ । यो रेस्टुँरामा खाना खाँदा एकपटकमा प्रतिव्यक्ति २०९ (सरदर) युरो खर्च हुन्छ । ग्रिलमा तयार भोजन यहाँको विशेषता हो भने यहाँको हर डिसमा आगोमा पोलेको स्वाद पाइन्छ ।
४. सेन्ट्रल, लिमा, पेरू
उत्कृष्ट रेस्टुँराको चौथो स्थानमा पर्न सफल सेन्ट्रल रेस्टुँरा दक्षिण अमेरिकी मुलुक पेरूको राजधानी लिमामा अवस्थित छ । सेन्ट्रल दक्षिण अमेरिकाकै सबैभन्दा राम्रो रेस्टुँरा पनि हो । यहाँका परिकार पेरूको इतिहास र परम्पराहरुसँग जोडिएका छन् । यो रेस्टुँरामा बढीजसो स्थानीय उपज नै प्रयोग गरिन्छ ।
५. डिसप्रुटर, बार्सिलोना, स्पेन
डिसप्रुटरको अर्थ आनन्द लिनुहोस् भन्ने हो अनि यही यो रेस्टुँराको उद्देश्य पनि हो । यसको आनन्द केही महँगो पनि पक्कै छ । यहाँ खाना खाँदा कम से कम १६५ युरो खर्च गर्नुपर्ने हुन्छ । २०१८ मा यो रेस्टुँरा ५० उत्कृष्ट रेस्टुँराको अठारौं स्थानमा थियो ।
६. फ्रन्टजेन, स्टकहोम, स्विडेन
फ्रन्टजेन स्केडिनेभियाबाट यो सूचीमा पर्ने तेस्रो उत्कृष्ट रेस्टुँरा हो । यो रेस्टुँरा स्विडेनको राजधानी स्टकहोममा छ । छैटौं स्थानमा पर्न सफल फ्रन्टजेनका परिकार हाइब्रिड नर्डिक व्यञ्जन हुन् जुन स्थानीय र अन्तर्राष्ट्रिय परम्पराबाट प्रेरित हुन्छन् । यहाँका सबै परिकार क्लासिक र आधुनिक प्रविधिको फ्युजनबाट तयार गरिन्छ ।
७. माइडो, लिमा, पेरू
यो सूचीको सातौं स्थानमा दक्षिण अमेरिकी देश पेरूकै एउटा अर्को रेस्टुँरा पनि छ । माइडो रेस्टुँरा पेरुको राजधानी लिमामा अवस्थित छ । यहाँ दक्षिण अमेरिकी तथा पूर्वी व्यञ्जनको रोमाञ्चक र असाधारण मेल देख्न सकिन्छ । खानेकुराका सौखिनहरुले यहाँ १२ किसिमका कोर्स मिलबाट आफ्नो रुचिका परिकार छनोट गर्न सक्छन् ।
८. ओडेटे, सिंगापुर
सिंगापुरको ओडेटे रेस्टुँरा यो सूचीको आठौं नम्बरमा छ । यो एसियाका उत्कृष्ट रेस्टुँरामध्ये एक हो । यो रेस्टुँरा पहिलोपटक अन्तर्राष्ट्रिय उत्कृष्टताको टप टेनमा पर्न सफल भएको हो । यहाँका परिकारमा फ्रान्स र एसियामा उत्पादित खाद्यवस्तु प्रयोग हुन्छ । यहाँ खाना खान सजिलो पनि छैन किनभने यसका लागि करिब एक महिना पहिले नै बुकिङ गराउनुपर्छ ।
९. पुजोल, मेक्सिको सिटी, मेक्सिको
मेक्सिको को राजधानी मेक्सिको सिटीमा रहेको पुजोल रेस्टुँरा संसारको नवौं उत्कृष्ट रेस्टुँरा हो । पुजोल दक्षिण अमेरिका र विश्व को ५० सर्वश्रेष्ठ रेस्टुँराको सूचीमा लगातार शीर्षमा रहँदै आएको छ । यहाँ मेक्सिकन परिकार उपलब्ध हुन्छ र ती परिकार मेक्सिको को परम्परागत मसला तथा अनौंठो मौलिक विधिबाट तयार गरिन्छ ।
१०. द चेयरमेन, हङकङ
हङकङको द चेयरमेन संसारका उत्कृष्ट रेस्टुँराको सूचीको दशौं स्थानमा छ । यो रेस्टुँरा पुराने क्यान्टोनिज चिनियाँ परम्पराका परिकार उपलब्ध हुन्छन् । यहाँको सी फुड र मौलिक सस विशेष मानिन्छन् । द चेयरमेन २०२० तथा २०२१ को उत्कृष्ट चिनियाँ रेस्टुँराबाट पनि सम्मानित छ ।
११. डेन, टोकियो, जापान
डेन रेस्टुँरा जापानको राजधानी टोकियोमा छ । यसलाई संसारको एघारौं उत्कृष्ट रेस्टुँरा मानिएको छ । डेन सिंगापुर र हङकङका रेस्टुँरा पछि यो सूचीमा पर्ने एसियाको तेस्रो रेस्टुँरा हो । टप १२ मा स्थान बनाउन सफल यो रेस्टुँरा पारम्परिक जापानी परिकारका लागि प्रसिद्ध छ । यहाँका परिकारमा समुद्र , हर्ब र जंगली चिजबिज मात्र प्रयोग गरिन्छ ।
१२. स्टाइरेरेक, भियना, अस्ट्रिया
स्टाइरेरेक रेस्टुँराको मेन्युमा दुर्लभ जातिका माछा, लुप्त हुन लागेका फल तथा तरकारीबाट तयार खानेकुरा उपलब्ध हुन्छन् । यहाँ ६ देखि ७ कोर्ससम्मको खाना खाँदा कम से कम १६५ युरो खर्च हुन्छ ।
प्रतिक्रिया