आइतबार, जेठ ५, २०८२

दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो

नेपालखोज २०७८ पुष १५ गते १०:१९

काठमाडौं । दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोक्रममा देखिएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी हो ।

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो ।

यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो । विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ । पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको कमीले दक्षिण कोरियामा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्तासमेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया