आइतबार, जेठ ५, २०८२

सुरक्षा परिषद्ले म्यानमार हत्याको निन्दा गर्यो

नेपालखोज २०७८ पुष १५ गते १३:५९

काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हिजो (बुधबार) म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारसहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ ।

राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र सबै हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन्।

उनीहरूले आवश्यकतामा परेका सबै मानिसहरूको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच, मानवीय र चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन्।

राजदूतहरूले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखन्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक संक्रमणप्रतिको समर्थनलाई पुनः दोहोर्याका छन्।

विश्वसनीय रिपोर्टहरूका अनुसार किशोरी र बालबालिकाको पनि हत्या गरिएको उल्लेख छ ।

प्रतिक्रिया