गर्धनको मैलो यसरी सफा गर्नुस्…

काठमाडौं। गर्धनलाई पनि सरसफाइमा महत्त्व दिने गरिन्छ । विशेषतः घाँटी वा गर्धन जोकोहीले देखने अंग भएकाले यसको सरसफाइमा पनि ध्यान दिन जरुरी हुन्छ । कसैको गर्धनमा धेरै फोहोर भएर कालो देखिने गर्छ ।
धेरै समयसम्म घाँटी सफा नगरेमा फोहोर जमेर सधैं कालो अवस्था हुने खतरा पनि हुनसक्छ । त्यसैले गर्धनको जोकोहीले विशेष ख्याल गर्नुपर्ने हुन्छ । अझ महिलाको सुन्दरता घाँटी वा गर्धनवाट पनि झल्किने हुन्छ । जति साबुन–पानी लगाए पनि सफा नदेखिएर धेरै चिन्तित हुने गरेका उदाहरणहरू पनि छन् ।
सधैं घाँटीमा दखिने मैलिएको जस्तो भाग हटाउन मानिसहरू धेरै प्रयास गर्छन् । तर पनि त्यो कालो धब्बा जस्ताको तस्तै हुन्छ । केही उपाय अपनाएर गर्धनको फोहोर हटाउन सकिन्छ । घाँटी बाहेक पनि काखीलगायत अरु ठाउँमा पनि छाला कालोे हुन गर्छ । अब गर्धनको फोहोर हटाउने उपाय सम्बन्धमा चर्चा गरौं ।
मुलतानी माटोको पेस्ट लगाएर गर्धनको कालो भाग हटाउन सकिन्छ । मुलतानी माटोमा दही र कागती मिसाएर मजाले घोल्नुपर्छ । पेस्ट बनाएर केही समय घाँटीमा राख्नाले धेरै हदसम्म फोहोर तथा कालो भाग हट्छ ।
अर्को उपाय कागती र महको पेस्ट लगाउने हो । कागतीमा मह मिसाएर घाँटीमा लगाउनु पर्छ, केही बेर छोड््नु पर्छ । केही समयपछि मनतातो पानीले धोएर गर्धन सफा गर्न सकिन्छ ।
अर्को उपायमा बेसन, कागती र दहीको पेस्ट बनाएर गर्धनमा लगाउनु पर्छ । बेसारमा अलिकति दही र कागती मिसाएर पेस्ट बनाएर लगाउनाले पनि गर्धनको दाग हट्न मद्दत गर्छ ।
यसैगरी कपडामा साबुन लगाएर सफा गर्ने अर्को उपाय छ । कपडामा साबुन लगाएर घाँटी राम्ररी सफा गरे यसले फोहोर हटाउन धेरै हदसम्म मद्दत गर्ने छ ।
प्रतिक्रिया