सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै जसो भू-भागहरूमा हुस्सु/कुहिरो लागेको विभागले जनाएकाे छ ।
आज दिउँसो सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने आज राति सुदूर-पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ । साथै आज सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा तथा बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।








प्रतिक्रिया