मंगलबार, वैशाख १६, २०८२

लागूऔषधसहित ३ युवा पक्राउ

नेपालखोज २०७६ फागुन ६ गते १५:४३

उदयपुर । मदन भण्डारी स्मुति लोकमार्ग अन्तर्गत उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारबाट लागूऔषधसहित ३ युवा पक्राउ परेका छन् ।

सोमबार राति विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले सुनसरीका १ सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–९ रामपुर बजारका ३५ वर्षीय आकाश तिम्सिना, बेलका नगरपालिका–१ आम्बासीका ३२ वर्षीय विकास बस्नेत र सुनसरीको धरान उपमहानगरपालिका– १३ का ३८ वर्षीय प्रणय निरौला रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया