डेनमार्कमा ओमिक्रोन भेरियन्टबाट १८ जनाको मृत्यु
नेपालखोज
२०७८ पुष २१ गते १३:१२

कोपेनहेगन । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला साताहरुमा उच्च संख्यामा संक्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।
पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो । यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया