शुक्रबार, जेठ ३, २०८२

बैंक अफ काठमाण्डूको बिओके रेमिट बचत तथा मुद्धति खाता सार्वजनिक

नेपालखोज २०७८ पुष २१ गते २३:००

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्धति खाता सार्वजनिक गरेको छ ।

श्रम विदेशमा प्रतिफल स्वदेशमा भन्ने मुल नाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम व्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता तथा मुद्धति खाता संचालनमा ल्याएको छ । विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्धति खाता यस बैंकमा खोल्न सक्ने छन् ।

यो मुद्धति खाता खोल्दा ग्राहकहरुले ११ दशमलव पाँच वार्षिक व्याजदर पाउने छन् । साथै, बिओके रेमिट बचत खातामा उच्चतम् व्याजदरको प्रतिफलसहित मोबाईल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आकर्षक विशेषताहरुको उपयोग गर्न सक्ने छन ।

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्धति खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले ९२ शाखा कार्यालयहरु ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया