महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्रि गार्ड’ प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिकालाई बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका हेतु दश थान ट्रि गार्ड सहयोग स्वरुप प्रदान गरेको छ ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।
प्रतिक्रिया