एनएमबि बैंकको नाफाबाट कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा सभा आज सम्पन्न भएको हो ।
एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा भएको साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
वार्षिक साधारण सभाद्वारा आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पुँजीको १२ दशमदव ५० प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ ।
साधारण सभाद्वारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “Bank of The Year Asia 2021”र “Bank of The Year Nepal 2021 बाट यस बैंकलाई सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।
प्रतिक्रिया