संसारको सबैभन्दा ठूला देह-बजार

चीन : ७३ अर्ब डलर
संसारको सबैभन्दा ठूलो यौन कारोबार त्यो देशमा हुन्छ जहाँ देह व्यापार गैरकानुनी छ भन्दा जो कसैलाई आश्चर्य लाग्नसक्छ । चिनियाँ सरकारले यौनकर्मीहरूसँग अपराधीहरूसँग गरिने व्यवहार गर्दै आएको छ । चीनका प्रमुख सहरमा बेला-बेलामा छापासमेत मारिन्छ । तर पनि चीनका मसाज पार्लर , बार तथा नाइट क्लबहरूमा यो व्यापार जोडतोडका साथ चल्दै आएको छ ।
स्पेन : २६.५ अर्ब डलर
यूएन युनिभर्सिटीको रिपोर्टअनुसार ३९ प्रतिशत स्पेनिस पुरुषले आफ्नो जिवनमा एक न एक पटक यौनकर्मीसँग सम्बन्ध राखेका छन् । २००९ मा स्पेनको स्वास्थ्य मन्त्रालयले गरेको सर्भेमा यो संख्या ३२ प्रतिशत थियो ।
जापान : २४ अर्ब डलर
देह व्यापार जापानको इतिहाससँगै जोडिएको छ । १९५६ को एन्टि प्रोस्टिट्युसन एक्ट अनुसार कुनै पनि व्यक्ति यौनकर्मी बन्न सक्दैन भने कोही ग्राहक पनि हुन सक्दैन । कानुनको कमजोरीका कारण जापानमा यो धन्दा सुरू भयो तर यसले यसलाई देह व्यापार भने मान्दैन ।
जर्मनी : १८ अर्ब डलर
एक अनुमानअनुसार जर्मनीमा ४० हजार सेक्स वर्कर छन् । यहाँ हाल सरकारले केही कडाइ गर्न खोजे पनि सामाजिक स्थिति तथा अधिकारका कुराले त्यसमा थुप्रै अड्चन छन् । जर्मनीमा यौनकर्मीहरूलाई अरु पेसाकर्मी झैं सामाजिक सुरक्षा प्रदान गरिदै आएको छ । यहाँ देह व्यापारका लागि बाध्य तुल्याउनु वा परिस्थितिको लाभ उठाउनुलाई अपराध मानिएको छ ।
अमेरिका : १४.६ अर्ब डलर
सामान्य रूपमा हेर्दा अमेरिकामा देह व्यापार कानुनी छ । यद्यपि नेवाडा राज्यका केही भागसहित कतिपय ठाउँमा यसलाई गैरकानुनी पनि मानिन्छ । अमेरिकामा देह व्यापारका लागि आधिकारिक रुपमै आवेदन दिएर लाइसेन्स लिन सकिन्छ । यहाँ यो पेसामा आउनेहरूले कर , पेसाकर्मीको सुरक्षा, न्युनतम मजदुरी, बिमा, मेडिकल जाँच आदि नियमहरूरूको पालना गर्नुपर्छ भने उनीहरूले राज्यले उपलब्ध गराएको सुबिधाको उपभोग पनि गर्न सक्छन् ।
दक्षिण कोरिया : १२ अर्ब डलर
दक्षिण कोरियामा गैरकानुनी भए पनि कोरियन वुमेन्स डेवलपमेन्ट इस्टीट्युटको रिपोर्टले अर्कै तस्बिर प्रस्तुत गर्छ । दक्षिण कोरियाको देह व्यापारले त्यहाँको जीडीपीको १.६ प्रतिशत हिस्सा ओगटेको छ । रिपोर्टअनुसार दक्षिण कोरियाका २० देखि ६४ वर्ष उमेर समुहका २० प्रतिशत पुरुष महिनामा औसत रुपमा ५८० डलर देह व्यापारमा खर्च गर्छन् ।
भारत : ८.४ अर्ब डलर
जनसंख्याको दृष्टिले संसारको दोस्रो ठूलो देश भारतमा देह व्यापार सम्बन्धी कानुन निकै जटिल किसिमको छ । भारतमा पैसाका लागि शारिरिक सम्बन्ध राख्नु कानुनी हो भने सार्वजनिक ठाउँ तथा होटलहरूमा व्यवसाय वा अड्डा चलाउनु वा यसलाई बढावा दिनु गैरकानुनी हो ।
थाइल्यान्ड : ६.४ अर्ब डलर
थाइल्यान्ड सेक्स टुरिज्मका लागि प्रसिद्ध छ । थाइल्यान्डमा देह व्यापार कानुनी छ । यहाँ खास-खास ठाउँमा देह व्यापार गर्न पाइन्छ । स्थानिय सरकारी अधिकारीहरूले परेका बेला यौनकर्मीहरूलाई सुरक्षासमेत दिन्छन् । भियतनाम युद्ध पछि नै यहाँ सेक्स टुरिज्म फस्टाएको हो ।
फिलिपिन्स : ६ अर्ब डलर
फिलिपिन्समा देह व्यापार गैरकानुनी छ । यद्यपि फिलिपिन्स सेक्स टुरिज्मका लागि निकै कहलिएको छ । गरिबी तथा इन्टरनेटमा सहज पहुँचले फिलिपिन्समा सेक्स टुरिज्मलाई बढाबा दिइरहेको छ । यहाँ नाबालिगहरूसमेत यसको सिकार भइरहेको बताइन्छ ।
टर्की : ४ अर्ब डलर
टर्कीमा देह व्यापार कानुनी भएपनि देह व्यापारलाई बढावा दिन भने प्रतिबन्धित छ । टर्कीको आप्रावासन कानुनले देह व्यापारका लागि टर्की आउन अनुमति दिँदैन । यद्यपि टर्की यो सूचीको दश नम्बरमा छ ।
स्विजरल्यान्ड : ३.५ अर्ब डलर
स्विजरल्यान्डमा देह व्यापारका अड्डालाई “सेक्स रूम” भनिन्छ । यस्ता रुमले सरकारबाट आर्थिक सहायतासमेत पाउँछन् । यी रुमहरू सहरको केन्द्रभन्दा बाहिरै हुन्छन् । त्यहाँ सावर, लकर, डेस्क तथा वासिङ्ग मेसिन आदिको सुबिधासमेत हुन्छ । ज्युरिख सहरले देह व्यापारलाई मुख्य सहरभन्दा पर केन्द्रीत गर्न २६ लाख डलर खर्च पनि गरेको थियो ।
इन्डोनेसिया : २.२५ अर्ब डलर
इन्डोनेसियामा देह व्यापारलाइ कानुनी मान्यता दिइएको छैन । त्यहाँ यसलाई नैतिक अपराध पनि मानिन्छ । यति हुँदाहुँदै मुस्लिम बाहुल इन्डोनेसियामा देह व्यापार निकै विस्तारित र संगठित छ । युनिसेफकाअनुसार इन्डोनेसियाको देह व्यापारमा भएका ३० प्रतिशत युवती नाबालिग छन् ।
प्रतिक्रिया