शुक्रबार, जेठ ३, २०८२

महालक्ष्मी बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

नेपालखोज २०७८ पुष २३ गते १६:१५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा.लि.सँग सम्झौता गरेको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स रे सेवा, ईको, ईसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ । सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ ।

बैंकले १०३ वटा शाखाबाट सेवा दिँदै आएको छ । करिव ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय सेवा बैंक दिइरहेको जनाइएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउने उद्देश्यले भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड र डलर कार्डको प्रबन्ध गरेको छ । समग्रमा भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।

प्रतिक्रिया