कार्ड नभएपनि एटिमबाट पैसा झिक्न सकिने

काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको लागि कार्ड लेस क्यास विथ ड्रल सेवाकोे सुरुवात गरेको छ । अब सिटिजन्स बंैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।
मोबाइलमा पासवर्ड (ओटिपी) प्राप्त गरि सो पासवर्ड (ओटिपी) बाट निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ । आज एक समारोहबीच सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैकिङको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।
उनले अब प्रत्येक ग्राहकले मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताए । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान गर्दे आइरहेको छ ।
सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।
प्रतिक्रिया