आज देशका अधिकांश क्षेत्रको मौसममा सामान्य बदली
नेपालखोज
२०७६ फागुन ७ गते ९:२८
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ । अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको मौसमविदले बताएका छन् ।
हाल सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले जानकारी दिएका छन् ।
बुधबार आज दिउँसो देशको पश्चिमी भू–भागसहित मध्य तथा पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर सामान्य बदली रहने मौसमविदले बताएका छन् । पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने मौसमविदले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया