महालक्ष्मी विकास बैंकका सेयरधनीबीच विवाद चुलियो

काठमाडौं । महालक्ष्मी बिकास बैंकमा सेयरधनीहरुबीचको विवाद चुलिएको छ । विवादले आज हुने भनिएको २० औं बार्षिक साधारण सभाको मुख्य एजेण्डा नै रोकिएको छ ।
बैकका सेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले महालक्ष्मी बिकास बैंक समेतलाई विपक्षी बनाई घोषित बार्षिक साधारण सभा रोकि पाउँ भन्दै उच्च अदालत पाटनमा उत्प्रेषण सम्वन्धी मुुद्धा दायर गरेका थिए । उच्च अदालत पाटनले बिपक्षी महालक्ष्मी बिकास बैंकको नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश सहित यही माघ तीन गते पेशी तोकेपछि बैंकको आज हुने भनिएको बार्षिक साधारण सभाको मुख्य एजेण्डा सञ्चालकहरुको निर्वाचन नै रोकिएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन बाफियाको बिपरित गएर पुन अध्यक्ष दावी गर्दे चुनावी मैदानमा उत्रिएको, बैंकको श्रोत र साधानको दुरुपयोग गरेको, अवैधरुपमा आफू र आफन्तको नाममा सेयर खरिद गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंक, सम्पत्ती शुुद्धीकरण बिभाग, अख्तियार दुुरुपयोग अनुसन्धान आयोग र केन्द्रिय अनुसन्धान व्युरोमा समेत बैकका केही सेयरधनीहरु तथा सञ्चालकहरु उपाध्यायलाई कारवाही गरी पाउँ भन्दै गएका थिए ।

निर्वाचनको बाँकी काम कारबाही नगर्नु भनि मिती २०७८ माघ ३ सम्मको लागि बिपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश अदालबाट जारी भएको छ ।
प्रतिक्रिया