शुक्रबार, जेठ ३, २०८२

मुक्तिनाथ विकास बैंक एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ बाट पुरस्कृत

नेपालखोज २०७८ पुष २५ गते २३:००

काठमाडौं । कर्पोरेट क्लबद्वारा आयोजित एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ ।

काठमाडौंमा यही पुस २३ गते आयोजना भएको कार्यक्रममबिच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको हो । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने ऊर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ, क्यूआरकोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया