न्युयोर्ककाे एक अपार्टमेन्टमा आगलागी : ९ बालबालिकासहित १९ जनाको मृत्यु
नेपालखोज
२०७८ पुष २६ गते ८:२७

अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ । न्यूयोर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ । मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताए ।
डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन् । अहिलेसम्म आगो निभाइसकिएको छ । अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन् ।
उनले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भनेका छन् । उनले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भनेका छन् । आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताए । बीबीसी
सम्बन्धित
प्रतिक्रिया