शनिबार, जेठ ४, २०८२

युरोपमा बढ्दो संक्रमणप्रति डब्ल्यूएचओको चासो

८ सातासम्ममा युरोपको आधा जनसंख्या ओमिक्रोनबाट प्रभावित हुने आकलन

नेपालखोज २०७८ पुष २८ गते ९:११

काठमाडौं । युरोपमा ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ । ६ देखि ८ साताभित्र युरोपका देशहरू आधा जनसंख्या ओमिक्रोन संक्रमणबाट प्रभावित हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

२०२२ को पहिलो साता युरोपका देशमा लगभग ७० लाखमा कोरोना संक्रमण पुष्टि भएपछिडब्ल्यूएचओले यस्तो आकलन गरेको हो ।दुई साताको अवधिमा युरोपमा कोरोना संक्रमण दर दुई गुणाभन्दा बढी देखिएको छ । युरोप र मध्य एसियाका देश तीव्र गतिले फैलिएको ओमिक्रोनको दबाबमा रहेको डब्ल्यूएचओले जनाएको छ ।

विश्वमा कोरोनाको संक्रमण बढिरहेको खबर सार्वजनिक भईरहेका छन् । कोभिड १९ को संक्रमणसँगै नयाँ भेरियन्ट ओमिक्रोन पनि फैलिँदा विश्वभर चिन्ताको विषय भएको छ ।

तर डब्ल्यूएचओले भने ओमिक्रोन अरुजस्तै सामान्य भएको जनाउँदै आएको छ । डब्ल्यूएचओले ओमिक्रोन र डेल्टा भेरियन्ट भाइरसको दोहोरो आक्रमण भएचाहिँ खतरा हुने जनाएका छ ।

प्रतिक्रिया