आज भगवान विष्णुको पुजा गर्नु उत्तम मानिन्छ, यस्तो छ तपाईको आजको राशिफल
आज विहिबार, धार्मिक शास्त्रका अनुसार आजको दिन भगवान विष्णुको पुजा गर्ने दिनका रुपमा चिनिन्छ । आजका दिन भगवान विष्णु र उनका अवतारहरूको पुजा गर्नाले विभिन्न लाभ मिल्छ भन्ने विश्वास छ । भगवान विष्णुको पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ ।
आजको दिन व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानु राम्रो मानिन्छ । अधिकांश व्रतालुहरूले आजका दिन श्रीमद्भागवत पुराण पाठ पनि गर्ने गरेका छन् । यस्तो गर्नाले भगवान विष्णु प्रशन्न भई मनको चिताएको पुग्छ भन्ने धार्मिक मान्यता छ
यस्तो छ तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सरकारी निकाएको भय रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रमाइलो यात्राको योग रहेको छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
प्रतिक्रिया