शुक्रबार, जेठ ३, २०८२

नेपालमा ६ महिनामा भित्रियो तीन खर्ब ८८ अर्ब रेमिट्यान्स

नेपालखोज २०७८ पुष २९ गते १८:०४

काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह ६ दशमलव आठ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव चार प्रतिशतले बढेकोे थियो ।

समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरुपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२ दशमलव सात प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा दुई सय ९५ दशमलव आठ प्रतिशतले वृद्धि भई ९९ हजार पाँच सय ८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७ दशमलव तीन प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया