शनिबार, जेठ ४, २०८२

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मुनाफाबाट आठ प्रतिशत बोनस सेयर दिने

नेपालखोज २०७८ पुष २९ गते २३:५५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न नभएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा बैकले बिहीबार वाार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७–०७८को मुनाफाबाट आठ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ ।

सभाबाट पारित आठ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्ने भएको छ । सभाले आर्थिक वर्ष २०७८–०७९को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७–०७८मा एक खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि एक अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया