शुक्रबार, जेठ ३, २०८२

प्रभु क्यापिटल बन्यो विशाल बजारको सेयर रजिस्ट्रार

नेपालखोज २०७८ पुष २९ गते १९:१४

काठमाडौं । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ। विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको हो।

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु गर्नेछ ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक गगन बहादुर बिके र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया