नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः पौडेल चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको शुक्रबार नबिल बैंक लिमिटेड केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३ दशमलव ६० प्रतिसत वोनस सेयर र चार दशमलव ४० प्रतिसत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आव २०७७–०७८ मा निजी क्षेत्रका बैंकहरु मध्ये उच्चतम मुनाफा चार अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ ।
बैंकले जेथामा प्रतिफल १५ दशमलव १९ प्रतिशत र प्रति सेयर आम्दानी ३३ रुपैया ५७ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुई खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार सात सय ४५ रुपैयाँ पुगेको छ ।
सभामा आप्mनो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पुर्याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठुलोसंगै राम्रो र विश्वसनिय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्चप्राथमिकतामा राखेको सभाध्यक्ष पौडेलले जनकारी गराए ।
बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्यको लागि रणनीतिकरुपमा ग्रीन फाईनान्सीङ, क्लाईमेट चेन्ज फाईनान्सीङमा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत सभाध्यक्षले सभामा जानकारी गराए ।
त्यसैगरी सभाले आव २०७८–०७९(२०२१–२२)को लागि वाह्य लेखा परीक्षकहरु श्री एसएआर एसोसिएट्न चार्टड एकाउन्टेन्ट तथा पिजिपिएन एण्ड चार्टड एकाउन्टेन्टलाई संयुक्तरुपमा लेखा परीक्षकमा पुनःनियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक सेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्विरोध निर्वाचित गरेको थियो ।
साथै, शुव्रmबार नै बैंक संचालक समितिको ५८८औं बैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल) लाई प्रतिनिधित्व गर्दे आएकोमा सोही दिन सम्पन्न साधारण सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल) लाई प्रतिनिधित्व गर्दे निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ । बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापीरुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवाप्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंगसंगै अघि बढ्ने विश्वास राखेको छ ।
बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्वद्ध सबै निकायहरू प्रति बैंक परिवार हार्दिक आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया