नेपाल चेम्वर अफ कमर्सद्वारा राहत सामाग्री हस्तान्तरण
नेपालखोज
२०७८ पुष ३० गते २०:३३

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् ।
उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई अवसर प्रदान गरिएको मन्त्रीलाई आभार व्यक्त गर्दे सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गरे । मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु¥याएकोमा धन्यबाद ज्ञापन गरे ।
सम्बन्धित
प्रतिक्रिया