हिमालयन बैंकले सेयरधनीलाई २६ प्रतिशत बोनस दिने

काठमाडौ । हिमालयन बैकको लाभांश पारित भएको छ । बैकको २९ औं बार्षिक साधारणसभाले आफ्ना सेयर धनीहरुलाई २६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले २१ दसमलव ३८ प्रतिशत बोनस सेयर र चार दशमलव ६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्जसम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको छ ।
उपस्थित शेयरधनीमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बैंकका अनुसार विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत विपक्षमा ४२ दशमलव २९ प्रतिशत र १४ दशमलव नौ प्रतिशतले मत हालेका थिएनन । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा १३ दसमलव २९ प्रतिशतले बढेर एक खर्ब ४९ अर्ब पुगेको तथा कर्जा सापटी २३ दशमलव ८३ प्रतिशतले बढी एक खर्ब ३२ अर्ब पुगेको बैकले जनाएको छ ।
बैंकले हाल देशभर ७४ शाखा, ५ बिस्तारित काउन्टर, एकसय ४८ एटिएम र पाँच हजार भन्दा बढी पिओएस टर्मिनलहरुबाट बैकिङ सेवा दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया