सोमबार, असार २३, २०८२

अब मलेसियाबाट नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

नेपालखोज २०७८ माघ २ गते १५:४९

काठमाडाै‌ । विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र वल्र्ड रेमिटबिच रणनीतिक साझेदारी भइरहेकोमा अब मलेसियाबाट समेत वल्र्ड रेमिट मार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ । मलेसियामा बस्दै आएका नेपालीहरूले बिना झन्झट वल्र्ड रेमिट को एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनैपनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् ।

देशभर छरिएर रहेका बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था गरिएको छ । यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालका आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् । नेपालीहरूले वल्र्ड रेमिट एपका अलावा वेबसाइटमा लगईन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्ने जनाइएको छ । साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।

बैंकले मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै छ ।

प्रतिक्रिया